सेप्टेम्बर 9, 2026
राष्ट्रिय

आँबुखैरेनी-मुग्लिन सडक आज ३ घण्टा बन्द  

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी-मुग्लिन सडकखण्ड आज तीन घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ । आँबुखैरेनी-४ स्थित ड्याम नजिक पहिरो नियन्त्रणको काम भइरहेकोले बिहान १० देखि दिउँसो १ बजेसम्म सडक बन्द गरिएको हो ।

हिलसाइडमा चर्किएको ढुङ्गा ‘ट्रिममिङ’ गर्नुपर्ने भएकोले बाटो बन्द गरिएको जिल्ला सडक डिभिजन कार्यालयका प्रमुख पशुपति ज्ञवालीले बताए ।

पृथ्वीराजमार्गमा गुड्ने सवारीसाधन व्यवस्थापनमा सहजीकरण गरिदिन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई सडक डिभिजन कार्यालयले अनुरोध पनि गरेको छ ।

जवाफ लेख्नुहोस्