काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । सोमबार १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मंगलबार घटेर तोलामा १ लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भएको हो ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजाबी सुन तोलामा १ लाख ४३ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।
त्यसैगरी, सोमबार १ हजार ८९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा प्रति तोला ५ रुपैयाँले घटेर मंगलबार १ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

