काठमाडौं । सोमबार पनि नेपाली बजारमा सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा एक हजार रुपैयाँले घटेर १ लाख ४१ हजारमा कारोबार भइरहेको छ ।
तेजाबी सुन १ लाख ४० हजार ३०० मा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।


