अक्टोबर 9, 2026
अपराध-अनुसन्धान

चितवनमा सुन पसलबाट ३ किलो सुन र ३५ केजी चाँदी लुटपाट

काठमाडौं । चितवनको कालिका नगरपालिका स्थित सुन पसलबाट ३ किलो सुन र ३५ केजी चाँदी लुटपाट भएको छ ।
कालिका-६ स्थित विनोद सुनचाँदी पसलबाट सुन र चाँदी लुटपाट भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले  बताए । सो पसलमा लुटेराले छाडेको ७ सय ७६ ग्राम सुन भेटिएको छ । शनिवार साँझ आएका दुई जना लुटेराले पसलका कर्मचारीलाई नियन्त्रणमा लिएर सुनचाँदी लुटेर भागेको हो ।

लुटमा संलग्न रहेको आशङ्कामा ४ जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाव्को छ ।

जवाफ लेख्नुहोस्