जुलाई 17, 2026
राजनीति

महामन्त्री मुकुल ढकाललाई रास्वपाको अनुशासन आयोगले सोध्यो स्पष्टीकरण

पार्टीका एक पदाधिकारीका अनुसार, शुक्रबार साँझ रास्वपाको अनुशासन आयोगले उनलाई यसको कारण सोध्दै स्पष्टिकरण सोधेको हो।

‘पार्टी अनुशासन आयोगबाट उहाँ (मुकुल)लाई स्पष्टीकरण सोधिएको हो,’ ती पदाधिकारीले भने, ‘पार्टीबारे बनाइएको प्रतिवेदनका बुँदाहरू किन बाहिर सार्वजनिक गरिएको हो, त्यसको कारण सोध्दै पत्र पठाइएको छ।’

महामन्त्री ढकालले पार्टी सभापति रवि लामिछानेलाई बुझाएको प्रतिवेदन र त्यसपछिका अभिव्यक्तिका कारण यतिखेर रास्वपा तरंगित भएको छ ।

जवाफ लेख्नुहोस्