२० वर्षीय साभिन्होले गत सिजन स्पेनिस ला लिगामा जिरोनामा लोनमा खेलेका थिए । जिरोनाले गत सिजन उत्कृष्ट सुरुवात गरे पनि तेस्रो भएको थियो । जिरोना र ट्रोयस दुवै क्लब सिटी फुटबल समूहको हिस्सा हुन् । सिटीमा आबद्ध भएपछि साभिन्होले सिटी हाल ‘विश्वको उत्कृष्ट टोली’ भएको बताएको छ । प्रशिक्षक पेप गार्डियोलाको नेतृत्वमा खेल्न पाउँदा उत्साहित भएको पनि उनको भनाइ छ ।
सन् २०२२ मा ट्रोयसमा सामेल हुनुअघि उलने ब्राजिलियन क्लब एट्लेटिको मिनेरियोबाट आफ्नो करिअर सुरूगरेका थिए । उक्त क्लबमा प्रतिस्पर्धात्मक खेल खेल्न नपाए पनि उनी २०२२-२३ सिजनमा नेदरल्यान्ड्सको पिएसभीमा लोनमा आबद्ध भएका थिए ।
डच क्लबमा उच्च प्रदर्शन गरेसँगै उनी गत सिजन जिरोनामा लोनमा आबद्ध भए । उनले ला लिगा क्लबका लागि सबै प्रतियोगितामा कुल ११ गोल र १० असिस्ट गरेका थिए । जसका कारण उनी गत मार्चमा ब्राजिलको राष्ट्रिय टोलीमा परेका थिए ।
इङ्ल्यान्डविरुद्ध डेब्यू गरेपछि उनले कोपा अमेरिका २०२४ मा समूह चरणमा पाराग्वेविरुद्ध आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गरे ।