सेप्टेम्बर 9, 2026
अन्तर्राष्ट्रिय

युक्रेनी सेनाका एक लेफ्टिनेन्ट जनरल बर्खास्त

काठमाडौं । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले सेनाका एक शीर्ष कमान्डरलाई बर्खास्त गरेको छ । सार्वजनिक आलोचना, धेरै युक्रेनी सैनिकको मृत्यु र पदका लागि अयोग्यताको आरोप पछि जेलेन्स्कीले यो कदम चलेको बताइएको छ ।

लेफ्टिनेन्ट जनरल युरी सोडोल यस वर्षको सुरुदेखि युक्रेनको सशस्त्र बलको कमाण्डर थिए । उनको स्थानमा अब ब्रिगेडियर जनरल एन्ड्रे हनाटोभलाई नियुक्त गरिएको छ । यद्यपि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्नो निर्णयको कारण भने खुलाएका छैनन् । लेफ्टिनेन्ट जनरल युरी सोडोललाई बर्खास्त गरेको जेलेन्स्कीले सोमबार राति एक सम्बोधन मार्फत घोषणा गरेको थियो ।

जनरल सोडोललाई फेब्रुअरी २०२४ देखि सशस्त्र बलको कमाण्डर बनाइएको थियो ।  हालैका महिनाहरूमा युक्रेनी सेनामा धेरै परिवर्तनहरू भएका छन् ।

जवाफ लेख्नुहोस्