काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बन गरिएका महामन्त्री डा. मुकुल ढकालको नाम पार्टीको वेवसाइटबाट हटाएको छ । बिहीबार बिहानसम्म देखिएको नाम दिउँसोबाट हटाएको हो ।
बुधबार बसेको उक्त पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीको अनुशासन र विधिको पालना नगरेको भन्दै ढकाललाई सात दिनका लागि निलम्बन गरेको थियाे । ढकालले बुधबार बसेको केन्द्रीय समिति बैठकको लाइभ गर्न भनेका थिए । तर अधिकांश उपस्थित केन्द्रीय सदस्यले बैठकको लाइभ नगर्न भनेपछि उनले मुखमा पट्टी बाँधेर बैठकमा विरोध जनाएका थिए । ढकालले पार्टीमा सभापति रवि लामिछानेले सबै दोष आफूलाई थोपरेको र आफू विभिन्न मुद्दामा मुछिँदा पनि पार्टीमा हक जमाएर बसेको आरोप लगाउँदै आएको छ ।


