जुलाई 21, 2026
अन्तर्राष्ट्रिय

रिहा भएपछि अष्ट्रेलिया पुगे विकिलिक्सका संस्थापक जुलियन असान्ज

काठमाडौं । विकिलिक्सका संस्थापक जुलियन असान्ज आफ्नो देश अष्ट्रेलिया पुगेको छ ।

विमानबाट ओर्लने बित्तिकै उनले आफ्नी श्रीमती र बुबालाई अँगालो हालेको थियोे । असान्ज १४ वर्ष लामो कानुनी लडाइँपछि रिहा भएको हो ।

Advertisement Aangar sujan

अमेरिकासँगको सम्झौता अनुसार जुलियन असान्जले अमेरिकी अदालतमा आफ्नो अपराध स्वीकार गर्नुपरेको थियो ।

अमेरिकी सरकारले असान्जलाई ६२ महिनाको जेल सजायको माग गरेको थियो । न्यायाधीशले यो मागलाई स्वीकार गरेर सजाय दिने भए पनि उनले बेलायतको जेलमा सो सजाय काटिसकेको हुनाले उनी रिहा भएको हो ।

जवाफ लेख्नुहोस्