अक्टोबर 9, 2026
लागुऔषध

सिन्धुलीबाट ६ सय १५ किलो गाँजासहित एकजना पक्राउ

 

सिन्धुली । हरिहरपुरगढी गाउँपालिका-७ चिसापानीबाट अवैध लागु औषध गाँजासहि एक जना पक्राउ परेको छ ।
६ सय १५ किलो ९३ ग्रामसहित उदयपुर कटारी नगरपालिका-६ घर भएका ४६ वर्षीय कुमार पाख्रिनलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

हरिहरपुरगढी गाउँपालिका-७ चिसापानीस्थित गोठमा गाँजा लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले गोठको तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको बताइएको छ ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

 

जवाफ लेख्नुहोस्