जुलाई 17, 2026
सुनचाँदी

सोमबार सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । सोमबार सुनको मूल्य घट्दा चाँदीको मूल्य स्थिर रहेको छ । आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर १ लाख ४५ हजारमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार ४ सयमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार ३ सयमा खरिद-बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार चाँदी प्रतितोला १८९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

जवाफ लेख्नुहोस्