काठमाडौं । अमेरिकी राजदूतावासले राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेको भिसा अस्वीकार गरेको विषयमा युवा तथा खेलकुद मन्त्रालयले आवश्यक पहल सुरु गरेको छ।

बिहिवार युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्कासँगको कुराकानी पश्चात् युवा तथा खेलकुद मन्त्रालयले सन्दीपलाई भिसा उपलब्ध गराउन परराष्ट्र मन्त्रालयलाई आवश्यक सहजीकरण गर्न अनुरोध गर्दै पत्र पठाएको छ । मन्त्री श्रेष्ठले सन्दीपको भिसाका लागि  हामीले मन्त्रालयबाट गर्नुपर्ने सबै पहल गरेको र अझै पनि सबै किसिमको सहयोगलाई जारी राख्ने बताए। अब परराष्ट्र मन्त्रालयले सन्दीपको भिसाको विषयमा काम कारबाही अगाडि बढाउनेछ।

बुधबार सन्दीप लामिछानेलाई अन्तर्वार्तामा बोलाएर अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको थियो ।