काठमाडौं । आज २०८१ साल जेठ ११ गते शुक्रबार तदनुसार सन् २०२४ मे २४ तारिख। जेठ कृष्ण पक्षको प्रतिपदा तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ।

 

मेष : दैनिकी सामान्य छ। श्रमको उचित लाभ अरुको हातमा पुग्ने जोखिम देखिन्छ। आज ठुला काममा हात नहालेको राम्रो हुनेछ । जटिल परिस्थिति देखिए पनि परिवारको साथ भने मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

वृष : समय राम्रो र गरेको श्रमबाट प्रगति हुनेछ। स्वास्थ्य, शिक्षा र रोजगारीमा सामान्य लाभ मिल्नेछ भने स्वदेशी लगानीबाट फाइदा हुने योग छ। परिवारले रचनात्मक सहयोग गर्नेछन्।

मिथुन : संघर्षपूर्ण दिन छ। कुरा काट्नेहरु बढ्नेछन्। ठूला उद्योगमा हात नहाल्नु राम्रो हुनेछ । मिठो खान पाउने योग रहेको छ। परिवारमा मेलमिलाप हुनेछ।

कर्कट : विवाद बढ्नेछ । पढाइमा रुची, स्वास्थ्यमा सुधार, व्यापार व्यवसायमा फाइदा हुने दिन छ। सामाजिक सेवामा मन जानुको साथै परिवारको साथ मिल्नेछ।

सिंह : आज व्यवहारिक चुनौती थपिने छ। कुनै योजना भए गोप्यता कायम गर्नु राम्रो हुनेछ। पारिवारिक खटपट हुने योग भएकोले बोल्दा ख्याल गर्नु राम्रो हुने देखिन्छ । प्रेम सम्बन्धमा मनमुटाव हुने देखिन्छ ।

कन्या : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ योग छ । स्वास्थ्यमा सुधार हुने दिन छ। साथीले दिएको राम्रो सल्लाह अनुसार अगाडि बढ्नु उचित हुन्छ। खर्च बढ्ने योग रहेकाले कारोबारमा ख्याल गर्नु राम्रो हुन्छ। परिवारको साथ मिल्नेछ।

तुला : आफ्नो प्रभाव विस्तार हुनेछ। थोरै लगानीबाट धेरै आम्दानी हुने दिन छ। शिक्षामा सफलता, स्वास्थ्यमा लाभ र परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। व्यापारमा फाइदा हुन्छ।

वृश्चिक : शिक्षामा सफलता प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुने योग छ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुन्छ। परिवारमा तपाईंको बोली कार्यान्वयन नहुने हुँदा कम बोल्नु फाइदाजनक हुनेछ।

धनु : आइसकेको अवसर गुम्ने जोखिम छ। वैदेशिक लगानीबाट फाइदा मिल्नेछ। परिवारको साथ रहनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : अधुरा काम बन्नेछन्। गुम्न लागेको धन फिर्ता हुनेछ। यात्रा सफल हुनेछ। आज गरेको लगानीबाट उत्साह मिल्नेछ। प्रेममा सफलता प्राप्त हुनेछ।

कुम्भ : कम बोल्नु राम्रो हुन्छ। झुठा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। परिवारमा विवाद बढ्नेछ। साथीसँगको मनमुटावले दिन खराब बन्नसक्छ। कम बोलेर फाइदा लिन सक्नुहुन्छ।

मीन : काम बन्ने योग छ। स्वास्थ्यमा सुधार हुने देखिन्छ। शिक्षामा सफलता प्राप्त होला। आम्दानी बढ्नेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

राशिफलमा जे जस्तो लेखिए पनि तपाईको आजको दिन शुभ रहोस्