काठमाडौं । शुक्रबार पनि भाउ निरन्तर ओरालो लागिरहेको छ । आज पनि तोलामा १८ सय रुपैयाँ घटेको हो।
अघिल्लो दिन बिहिवार पनि सुन १८ सयले घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारको लागि सुनको भाउ प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ३८ हजार ७ सयमा कारोबार भएको थियो । गत सोमबार सुनको भाउ हालसम्मकै उच्च १ लाख ४१ हजार ८ सय रुपैयाँ पुगेको थियो ।
चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा तोलाको १८ सय ६५ रुपैयाँ रहेको चाँदी आज १८ सय ५५ मा झरेको छ । यसअघि सोमबार चाँदी हालसम्मकै उच्च रेकर्ड राख्दै प्रतितोला १९ सय ४० रुपैयाँ पुगेको थियो ।