काठमाडौं । पहिलो पटक ‘मिस्टर तामाङ-२०२४’ प्रतियोगिता हुने भएको छ । तामाङ भाषा, धर्म, भेषभूषा, रीतिरिवाज, कला, संस्कृति र रहनसहनलाई तामाङ युवापुस्तामाझ पुर्याउने उद्देश्यले ‘मस्स इन्टरनेशनल’ ले उक्त प्रतियोगिता गर्न लागेको हो ।
१६ वर्षदेखि ३० वर्षसम्मका पाँच फिट उचाइ भएका तामाङ युवाहरुलाई प्रतियोगिताका लागि आवेदन दिन आह्वान गरिएको थियो । सो प्रतियोगिताका लागि तामाङ युवाहरु सहभागी भइसकेका छन् । प्रतियोगितामा हिरोज लोप्चन, ओम सिंह स्याङ्बो तामाङ, विश्वराज स्याङ्बो लगायतका युवाहरु सहभागी भएका छन् ।
प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ भने फर्स्ट रनर अप र सेकेन्ड रनरअपले क्रमशः ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार आयोजकले जनाएको छ। ।


