काठमाडौं । विप्लव नेतृत्वको नेकपा बर्दियाले जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेललाई ज्ञापनपत्र बुझाएको छ ।
नेकपाका केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला इन्चार्ज हिमशिखर सीको नेतृत्वमा पार्टीका नगर कमिटी इञ्चार्ज, गाउँ पालिका इन्चार्ज र जबस मोर्चाको ११ जना नेतृत्वहरुका उपस्थितिमा जिल्ला प्रशासन कार्यालय बर्दिया मार्फत प्रधानमन्त्री कार्यालयलाई ७ बुदे माग सहित ज्ञापनपत्र बुझाएको हो ।
इन्चार्ज हिमशिखरले ज्ञापनपत्र बाचन गरेर सुनाएपछी प्रमुख जिल्ला अधिकारीलाई बुझाएको छ । प्र.जि.अ.ले उक्त ज्ञापनपत्रलाई अगाडि बढाउने र जिल्लामा समेत कार्यान्वयन गर्ने प्रतिबद्धता सहित ज्ञापनपत्र बुझेका छन् । सो कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी र प्रहरी निरीक्षकको समेत उपस्थिति रहेको थियो ।