काठमाडौं । शनिबारबाट त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको १५औं एनएसकेए इन्टरनेसनल कराते च्याम्पियनसिपमा नेपाल लगातार १५औं पटक पनि च्याम्पियन हुन सफल भएको छ । आइतबार समापन भएको प्रतियोगितामा नेपालले १९ वटा स्वर्ण जित्दै १५औं पटक पनि च्याम्पियन बनेको हो ।

प्रतियोगितामा नेपालले १९ स्वर्णका साथमा २४ रजत तथा ३० कांस्य पदक जितेको छ भने भारत १२ स्वर्णसहित दोश्रो स्थानमा रह्यो । भारतले १२ स्वर्णसहित ६ कांस्य तथा १२ कांस्य पदक जितेको हो । पश्चिम बंगालको नेतृत्व गरेको टिएसआरकेकेओ टोली २ स्वर्णसहित तेश्रो बन्यो । सो टिमले दुई स्वर्णसहित ३ रजत र ७ कांस्य पदक जितेको छ । प्रतियोगितामा उमेर समूहमा ११ स्पर्धामा र तौल समुहमा २९ स्पर्धामा गरी कुल ४० स्वर्ण, ४० रजत तथा ८४ कांस्य पदकका लागि प्रतिष्पर्धा भएको थियो ।

प्रतियोगिता शनिबार युवा तथा खेलकुद मन्त्री बिराज भक्त श्रेष्ठले उद्घाटन गरेको थियो ।