facebook sharing button

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई वंशजको नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । उनलाई नागरिकता दिने तत्कालीन सिडिओ शरदकुमार भट्टराईसहित शाखा अधिकृतविरुद्ध पक्राउ पुर्जी गरेको हो ।

प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशिराज दाहालविरुद्ध पनि जिल्ला अदालत धनुषाले पक्राउ पुर्जी जारी गरेको छ । पक्राउ पुर्जी जारी भएको विषयमा आफुलाई आफुलाई जानकारी नहुने जिल्ला अदालत  धनुषाका रजिष्ट्रार कैलाश भट्टराईले बताए । प्रहरीले धेरै व्यक्तिहरूको हकमा अनुसन्धानका लागि पक्राउ गर्न पुर्जीको अनुमति लिन आउँछ त्यसैले सबै जानकारी नहुने उनले बताए ।

जिल्ला अदालतले यो गोपनीयता भङ्ग गर्ने कुरा भएकाले बोल्न नमिल्ने र प्रहरीसँग बुझ्न समेत आग्रह गरेको छ ।