बलात्कार मुद्दामा हालसालै उच्च अदालतबाट सफाइ पाएका सन्दीपलाई नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टिमबाट खेल्न अमेरिका पठाउने प्रक्रिया अघि बढाएको थियो । तर दूतावासले अरु खेलाडीको भिसा आवेदन स्वीकार गरे पनि लामिछानेलाई रोक लगाएको थियो । लामिछानेका समर्थकहरुले उनी पनि खेलमा सहभागी बन्न पाउनुपर्ने भन्दै केही दिनयता नाराजुलुस गर्दै आएका छन् । सरकारले पनि कुटनीतिक नोट पठाउँदै उनलाई खेल्ने मौका दिनका लागि अमेरिकासँग भिसाको आग्रह गरेको छ ।
टी-२० विश्वकप अमेरिका र वेष्ट इन्डिजमा आयोजना हुने खेलमा कप्तान रोहित पौडेलसहितको टिम यसअघि नै अमेरिका पुगिसकेका छन् । दुतावासले भिसा अनुमति दिएमा लामिछाने तुरुन्तै अमेरिका उड्ने तयारीमा रहेको जनाएको छ ।