काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई दोस्रोपटक पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । बिहीबार दिउँसो अन्तर्वार्ताका लागि अमेरिकी दूतावास गएको लामिछानेलाई पुनः भिसा दिन अस्वीकार गरेको हो ।

जेठ ९ गते पनि अमेरिकाले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । सन्दीप विश्वकप खेल्नुपर्ने भन्दै सरकारले भिसाका लागि अमेरिकी दूतावासमा पत्र पठाएको थियो ।

 

अमेरिकाको सन्दीपलाई भिसा दिनु पर्ने भन्दै बुधबार काठमाडौंको माइतीघरमा केही युवाहरुले प्रदर्शन समेत गरेका थिए ।