काठमाडौं । आइसीसी टी-२० विश्वकप वार्मअप खेलको दोस्रो अभ्यास खेल आज नेपाल र अमेरिकाबीच खेल्ने भएको छ । दोस्रो वार्मअपमा नेपालले आयोजक अमेरिकाको सामना गर्न लागेको हो ।
पहिलो वार्मअपमा क्यानडासँग नेपाल ६३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । खेल आज राति सवा ९ बजेबाट सुरु हुनेछ । आइसीसी टी-२० विश्वकप खेलमा नेपालसहित २० टोलीको सहभागिता रहेका छन् ।

