share 265 काठमाडौं । आईसीसी टी-२० विश्वकप अगाडि हुने नेपाल र अमेरिकाबीचको औपचारिक अभ्यास खेल वर्षाको कारण रद्ध भएको छ । अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा पानी परेपछि निर्धारित समयमा खेल सुरु हुन नसकेको हो । बिहीबार राति ९ : १५ बजे सुरु हुने भनिएको खेल लामो समयसम्म वर्षा नरोकिएपछि टस भइसकेपछि अवरुद्ध भएको हो। अमेरिकाले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको थियो । पहिलो औपचारिक अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको थियो । नेपालले अब जेठ २२ गते नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्दै सिधै विश्वकप खेल्नेछ। २० टोलीको सहभागिता रहने विश्वकपमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। विश्वकपको समूह ‘डी’ मा रहेको नेपालले समूह चरणको दोस्रो खेल जेठ ३० गते श्रीलङ्का, तेस्रो खेल असार १ गते दक्षिण अफ्रिका र चौथो खेल असार ३ गते बङ्गलादेशसँग खेल्ने तालिका रहेको छ । समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन्। बङ्गलादेशमा सन् २०१४ मा आयोजना भएको टी-२० विश्वकप खेलेको नेपाल १० वर्षपछि टी-२० विश्वकप खेल्न मैदानमा उत्रिएको छ । पोस्टको नेभिगेसन आइसीसी टी-२० विश्वकप अन्तर्गत वार्मअप खेलमा नेपाल र अमेरिका भिड्दै वार्म-अप खेलमा भारतसङ्ग ६० रन अन्तरले हार्यो बंगलादेश
काठमाडौं । आईसीसी टी-२० विश्वकप अगाडि हुने नेपाल र अमेरिकाबीचको औपचारिक अभ्यास खेल वर्षाको कारण रद्ध भएको छ । अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी स्टेडियममा पानी परेपछि निर्धारित समयमा खेल सुरु हुन नसकेको हो । बिहीबार राति ९ : १५ बजे सुरु हुने भनिएको खेल लामो समयसम्म वर्षा नरोकिएपछि टस भइसकेपछि अवरुद्ध भएको हो। अमेरिकाले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको थियो । पहिलो औपचारिक अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित भएको थियो । नेपालले अब जेठ २२ गते नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्दै सिधै विश्वकप खेल्नेछ। २० टोलीको सहभागिता रहने विश्वकपमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ। विश्वकपको समूह ‘डी’ मा रहेको नेपालले समूह चरणको दोस्रो खेल जेठ ३० गते श्रीलङ्का, तेस्रो खेल असार १ गते दक्षिण अफ्रिका र चौथो खेल असार ३ गते बङ्गलादेशसँग खेल्ने तालिका रहेको छ । समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन्। बङ्गलादेशमा सन् २०१४ मा आयोजना भएको टी-२० विश्वकप खेलेको नेपाल १० वर्षपछि टी-२० विश्वकप खेल्न मैदानमा उत्रिएको छ ।