काठमाडौं । वयस्क चलचित्र स्टार स्ट्रेमी ड्यानियल्ससँगको सम्बन्ध चुपचाप राख्न गोप्यरुपमा पैसा (हस् मनि) दिएको आरोप लागेका पूर्व राष्ट्रपति तथा आगामी राष्ट्रपतिका लागी रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प उक्त मुद्दामा दोषी ठहर भएको छ । बिहीबार न्यु योर्क ट्रायल कोर्टमा सम्पन्न जुरी सुनवाइले ट्रम्पलाई दोषी ठहर गरेको हो ।

 

ट्रम्प अमेरिकी इतिहासमा कुनै पनि फौजदारी मुद्दामा दोषी ठहर हुने पहिलो अमेरिकी राष्ट्रपति बनको छ । न्यु योर्क ट्रायल अदालतका १२ जना जुरी ले २०१६ को आम निर्वाचनको बेला ट्रम्पले वयस्क चलचित्र अभिनेत्री ड्यानियल्ससँगको सम्बन्ध लुकाउन १ लाख ३० हजार अमेरिकी डलर दिएको आरोप लागेको थियो । उक्त आरोप माथि न्युयोर्कको ट्रयाल (जिल्ला) अदालतमा ट्रम्पको मुद्दा चलेको थियो । १२ जनाको स्वतन्त्र जुरीले हस् मनि लगायत उनी विरुद्धको व्यापार व्यवसाय सम्बन्धित गलत वित्तीय विवरण तथा कार्यका सबै ३४ मुद्दामा दोषी ठहर गरेको छ । करिब ६ हप्ता चलेको यो बहसले अन्ततः पूर्व राष्ट्रपति ट्रम्पलाई फौजदारी कसुरमा दोषी ठहर गरेको छ ।

फैसला पछि संक्षिप्त प्रतिक्रिया दिँदै ट्रम्पले यो अपमान हो भन्दै अदालतको धाँधली पूर्ण निर्णय भएको बताए । उनले यसको सही निर्णय अब जनताले आगामी नोभेम्बर ५ मा गर्ने समेत बताए । यसो त अब फौजदारी मुद्दामै दोषी ठहर भए पछि ट्रम्पको आगामी राजनीतिक कता मोडिने हो, यो भने विश्व समुदायकै चासोको विषय बनेको छ ।