काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ६० किलो सुन तस्करीबारे दोस्रो चरणको अनुसन्धान गरिरहेको छ । ब्युरोले ६० किलो सुन तस्करीमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका घर भएका  ४५ वर्षीय कान्छामान लामा ‘थर्कमान’ रहेको छ । तेमाल गाउँपालिका-४ घर भएका कान्छामान लाजिम्पाटबाट पक्राउ परेको हो । उनी सामाखुसीमा बस्दै आएको थियो । ६० किलो सुनमा कान्छामानको संलग्नताबारे अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्युरोका एक अधिकृतले बताएको छ । भेप प्रकरणमा पूर्व सभामुख कृष्ण बहादुर महरासँग बयान लिएर ब्युरोले उनलाई हाजिर जमानीमा छाडेको थियो ।

उक्त तरकारी प्रकरणमा संलग्न मध्येका अर्को आरोपी जीवन कुमार गुरुङ अझै फरार रहेको छ ।