काठमाडौं । अनलाइन मार्फत ठगी गरेको अभियोगमा एकजना युवालाई प्रहरीले पक्राउ गरिएको छ । सर्लाही बागमती नगरपालिका-१ बस्ने २६ वर्षीय सुमन बुढाथोकीलाई पक्राउ गरिएको हो ।

म्याग्दे गाउँपालिका-४ का वडा अध्यक्षको सामाजिक संजाल फेसबुक ह्याक गरी लमजुङ मध्यनेपाल नगरपालिका-३ सुर्यपाल बस्ने एक जना पीडितलाई म्यासेन्जर मार्फत केही रकमको आवश्यकता परेको भन्दै पटक-पटक गरी १ लाख रुपैयाँ ठगी गरेको भन्ने उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएका प्रहरीले इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीको सहयोगमा सर्लाही बागमती नगरपालिका-१ बाट पक्राउ गरेको हो ।

पक्राउ गरिएका बुढाथोकीलाई ठगी सम्बन्धी कसुरमा जिल्ला अदालत तनहुँबाट म्याद थप गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।