share 264 काठमाडौं । हिन्दु धर्मावलम्बीहरुले विशेष व्रत उपवास बाहेक हप्ताको सातै दिन फरक-फरक भगवानको पूजा गर्ने चलन रहेको छ । हिन्दु धर्मावलम्बीहरुले शनिबार शनिदेवको पूजा गर्ने चलन रहेको छ । मूर्ति रूपमा शनिको पूजा गर्नु हुँदैन शनि देवको पूजा गर्दा एउटा कुराको ध्यान राख्नु जरूरी छ । शनिदेवलाई आफ्नो मूर्तिको समक्ष पूजा गरेको मन पर्दैन भन्ने मान्यता रहेको छ । त्यसैले शनिको आराधना सदैव त्यो मन्दिरमा मात्र गर्नुपर्दछ जहाँ शनिदेव शिलाको रूपमा विराजमान हुनुहुन्छ । यसको अलावा शनिदेवको आराधना उनको प्रतीक मानिने शमी या पीपलको वृक्षमा पनि गर्ने गर्दछ । शनिदेवको पूजा शनिबार मात्र गर्नु पर्दछ । यसरी गरौँ पूजा शनिदेवको पूजा शनिवारको पूजा गर्दा त्यस दिन पीपलको रुखको जरामा जल अर्पण गर्नु पर्दछ । यसको साथै शनिदेवलाई प्रसन्न गर्नका लागि तोरीको तेलको दीप जलाउनु पर्दछ । शनिको पूजा गर्नु भन्दा पहिले आफ्नो आचरण स्वच्छ राख्नु पर्दछ । शनिबारको दिन बेलुका गरीबलाई भोजन गराउँदा शनिदेव प्रसन्न भई पुण्य प्राप्त हुने जनविश्वास रहेको छ । पोस्टको नेभिगेसन पशुपतिनाथका चारैवटा ढोका बिहान ४ बजे खोलिने हिन्दु धर्मशास्त्र अनुसार कुन बारमा कुन देवी-देवताको पूजा गर्ने?
काठमाडौं । हिन्दु धर्मावलम्बीहरुले विशेष व्रत उपवास बाहेक हप्ताको सातै दिन फरक-फरक भगवानको पूजा गर्ने चलन रहेको छ ।