काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २५ पैसा र बिक्री दर १३३ रुपैयाँ ८५ पैसा तोकिएको छ ।

युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ६२ पैसा र बिक्री दर १४५ रुपैयाँ २७ पैसा तोकिएको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९ रुपैया ५२ पैसा र बिक्री दर १७० रुपैयाँ २७ पैसा तोकिएको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ६६ पैसा र बिक्री दर ८९ रुपैयाँ ६ पैसा तोकिएको छ ।

साउदी रियाल एकको खरिद दर ३ रुपैयाँ ५३ पैसा र बिक्री दर ३५ रुपैयाँ ६९ पैसा तोकिएको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३१ पैसा र बिक्री दर २८ रुपैयाँ ४४ पैसा तोकिएको छ ।