काठमाडौं । सोमबार पनि नेपाली बजारमा सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा एक हजार रुपैयाँले घटेर १ लाख ४१ हजारमा कारोबार  भइरहेको छ ।
तेजाबी सुन १ लाख ४० हजार ३०० मा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

 

सोमबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १८३५ रुपैयाँमा कारोबार भइरहेको छ, आइतबारको तुलनामा आज चाँदी १५ रुपैयाँले घटेको महासंघले जनाएको छ ।