share 285 काठमाडौं। काठमाडौं महानगरपालिकाले न्यूरोडको सडकमा फुटपाथ बनाउने योजनामा सडक विभागले हस्तक्षेप गरेको छ । सडक विभागले सोमबार बिहानदेखि महानगरले बनाउन थालेको फुटपाथलाई पिच गर्न शुरु गरेको हो । सडक विभागले पिच शुरु गरेपछि महानगर प्रहरी सो क्षेत्रमा गएर काम रोक्न प्रयास गरेको छ । अहिले केही स्थानीयहरू महानगरको योजनाको विरुद्ध देखिएका छन् भने महानगरले काम रोक्न प्रयास गरिरहेको छ । यस अघि एमाले सम्बद्ध स्थानीयले महानगरको फुटपाथ बनाउने योजनामा अवरोध गरेको थियो । मेयर बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरिबन्धुमा गरेको नीतिगत भ्रष्टाचारको विषयलाई विषयान्तर गर्न न्यूरोडको फुटपाथ बनाउने योजनाको विरोध गरेको आरोप लगाएका थिए । पोस्टको नेभिगेसन प्रधानमन्त्री प्रचण्डद्वारा तिलक परियारको जीवन वृतान्तमा आधारित ‘मेरो जीवन र सङ्घर्ष’ कृति लोकार्पण बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता