काठमाडौं। सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठक नै अवरुद्ध गरेको छ । सोमबार बसेको उक्त बैठकमा जनमत पार्टीका सांसदले सप्तरीको राजविराजमा कृषि विश्व विद्यालयको भवन शिलान्यासको क्रममा भएको घटनाको छानबिन गर्न संसदीय समिति छानबिनको माग गर्दै अवरुद्ध गरेको हो ।
सुरुमै जनमतका प्रदेश सांसद सञ्जय यादव उठेर घटनाको लागि छानबिन समिति नबने सदन चल्न नदिने बताएको थियो । जनमतका सांसदहरू उठेर अवरुद्ध गरेपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेको हो ।
सभामुख मण्डलले प्रदेश प्रमुखबाट प्राप्त पत्रहरू पढेर सुनाएपछि बैठक अबरुद्ध गरेको हो ।

