share 279 काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आइसिसी पुरुष टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन अमेरिका पुगेको नेपाली टोलीलाई उच्च मनोबलका साथ खेल्न शुभकामना दिएको छ । राष्ट्रपति पौडेलले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रतिनिधिमण्डलका सदस्यलाई टेलिफोन गरेर उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुन शुभकामना दिएको हो । राष्ट्रपति पौडेलले नेपालले खेल्ने खेल सम्पूर्ण नेपालीले विश्वभर जहाँ भए पनि हेरेर नेपाली टोलीको हौसला बढाउने पनि विश्वास समेत व्यक्त गरे । अमेरिका र वेस्टइन्डिजले संयुक्त रुपमा आयोजना गरेको आइसिसी पुरुष टी-२० विश्वकप क्रिकेट प्रतियोगिता यही जेठ १९ गतेदेखि सुरु भएको छ । उक्त प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो पहिलो खेल आज जेठ २२ गते राति ९ः१५ बजे नेदरल्याण्ड्ससँग खेल्दै छ । पोस्टको नेभिगेसन यसकारण नेपाल एयरलाइन्सका पाइलटद्वय बिजय लामा र भानवा पन्त कारबाहीमा एमसीसीका उपाध्यक्ष जोनाथन ब्रुक्स र अर्थमन्त्री वर्षमान पुनबीच भेटवार्ता