काठमाडौं । आज मिति २०८१ साल जेठ २३ गते बुधबार तदनुसार २०२४ जुन ५ तारीख जेष्ठ कृष्णपक्ष चतुर्दशी औंशी तिथि । आज सूर्योदय बिहान ५ बजेर १० मिनेटमा भयो भने सूर्यास्त बेलुका ६ बजेर ५६ मिनेटमा हुनेछ ।
अब लागौं आजको राशिफल तर्फ :
मेष : मेष राशि भएकाहरूका लागि आजको दिन राम्रो रहने देखिन्छ । चन्द्रमाको गोचर राशिबाट दोश्रो स्थानमा रहने भएकाले पारिवारिक मेलमिलाप तथा मिठोमसिनो खाने समय छ । आयआर्जन तथा व्यवसायिक क्षेत्रमा सामान्य लाभ होला । पठनपाठनको क्षेत्र राम्रो रहने योग देखिन्छ ।
वृष : वृष राशि भएकाहरूका लागि आज चन्द्रमाको प्रथम गोचरको शुभ फल प्राप्त हुने भएकाले आत्मबल, आत्मविश्वास एवं पराक्रम बढ्ने देखिन्छ । रोकिएका कामहरु बन्नुका साथै नयाँ कार्य गर्ने अवसर मिल्नेछ । प्रतिस्पर्धात्मक कार्यमा आफ्नो जित देखिन्छ ।
मिथुन : मिथुन राशि भएकाहरूका लागि आजको दिन केहि प्रतिकूल रहन सक्छ । चन्द्र ग्रह तपाईंको राशिबाट द्वादश स्थानमा गोचर गर्ने भएकाले स्वास्थ्य कमजोर रहन सक्ने देखिन्छ । शत्रुहरु आफुभन्दा बलवान् हुनुका साथै खर्चको मात्रा बढ्ने र काममा ढिलासुस्ती हुनुका साथै अनावश्यक विवाद हुन सक्ने भएकाले सचेत हुनुपर्ने देखिन्छ ।
कर्कट : कर्कट राशिका लागि आज समय शुभ रहनेछ । चन्द्र ग्रह गोचरमा लाभस्थानमा रहने भएकाले आयआर्जन बढ्ने, रोकिएको धन प्राप्त हुन सक्ने देखिन्छ । नयाँ लगानीको वातावरण बन्न सक्ने देखिन्छ ।
सिंह : सिंहका हुनेहरुका लागि आज दिन राम्रो रहने देखिन्छ । चन्द्र ग्रहको गोचर कर्मस्थानमा भएकाले कामबाट सन्तुष्टि र मानसिक तनाव कम हुनेछ । रोकिएका कार्यहरु सफल हुनुका साथै नयाँ कार्यको थालनीको लागि समय शुभ देखिन्छ । आर्थिक क्षेत्र सबल रहनेछ।
कन्या : कन्या राशि भएकाहरूका लागि आज समय मध्यम रहने छ । चन्द्र ग्रह गोचरमा नवम स्थानमा रहेकाले आज सामाजिक तथा धार्मिक कार्यमा ध्यान दिँदा कार्य सफल हुने देखिन्छ । आर्थिक तथा व्यवसायिक क्षेत्र सामान्य रुपमा अगाडि बढ्नुका साथै पारिवारिक आनन्द कायम रहनेछ ।
तुला : तुला राशि भएकाहरूका लागि आज समय त्यति अनुकुल नरहन सक्छ । मन चन्चल तथा अशान्त रहने देखिन्छ । खर्चको मात्रा बढ्नुका साथै स्वास्थ्य पनि कमजोर रहन सक्छ । परिवार वा आफन्तसँग विवाद हुन सक्ने देखिन्छ । चोटपटक लाग्न सक्ने भएकाले सतर्क रहनु होला ।
वृश्चित : वृश्चिक राशि भएकाहरूका लागि आज सयम राम्रो रहने छ । चन्द्र ग्रह सप्तम गोचरमा रहेकाले पति वा पत्नीबीच रहेको असमझदारी हटेर सम्बन्ध सुधार हुन सक्छ । साझेदारी कामबाट लाभ लिन सक्नेछ । व्यवसाय बढ्नुका साथै आम्दानी पनि बढ्न सक्छ ।
धनु : धनु राशिका लागि आज समय राम्रो रहनेछ । स्वास्थ्य राम्रो र मन शान्त रहन सक्छ । सानो प्रयासले महत्वपूर्ण काममा सफलता मिल्नेछ । जोश, जागर बढ्नुका साथै आर्थिक लाभ हासिल हुन सक्ने देखिन्छ । व्यवसाय पनि राम्रो हुन सक्छ । पठनपाठनमा सुधार हुने देखिन्छ ।
मकर : मकर राशि भएकाहरूका लागि आज रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ । आकर्षक शक्ति वृद्धि हुनुका साथै सहयोग गर्नेहरूको उदय हुनेछ । दाम्पत्य जीवन सुखमय हुन सक्छ भने विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक सहयोग प्राप्त हुने देखिन्छ ।
कुम्भ : कुम्भ राशिका लागि आज समय प्रतिकूल रहन सक्छ । अनावश्यक विवादमा समय व्यतित हुन सक्ने देखिन्छ । आज मानसिक तनाब बढ्न सक्छ भने खर्च पनि केहि मात्रामा बढ्न सक्छ । आज व्यर्थको यात्रा वा भागदौड हुन सक्छ । आर्थिक कारोबार आज कम गर्दा राम्रो हुने देखिन्छ ।
मीन : मीन राशि भएकाहरूका लागि आज समय उत्तम रहने छ । प्रशासनिक कामहरु बन्ने देखिन्छ । दाजुभाई तथा सहकर्मीको सहयोग पनि मिल्न सक्छ । पारिवारिक क्षेत्र आज राम्रो रहने देखिन्छ । पढाईमा पनि आज ध्यान जान सक्छ । शेयर बजारबाट नाफा आर्जन गर्न सक्ने शुभ समय रहेको छ ।
राशिफलमा जे जस्तो लेखिए पनि तपाईको आजको दिन शुभ रहोस् ।