काठमाडौं । आज मिति २०८१ साल जेठ २५ गते शुक्रबार   तदनुसार २०२४ जुन ७ तारीख जेष्ठ शुक्लपक्ष प्रतिपदा तिथि । आज सूर्योदय बिहान ५ बजेर १० मिनेटमा भयो भने सूर्यास्त बेलुका ६ बजेर ५७ मिनेटमा हुनेछ ।

अब लागौं आजको राशिफल तर्फ :
मेष : मेष राशि भएकाहरूका लागि आजको दिन मध्यम रहने छ । चन्द्रमाको गोचर राशिबाट दोश्रो स्थानमा रहने भएकाले पारिवारिक मेलमिलाप हुने देखिन्छ । आयआर्जन तथा व्यवसायिक क्षेत्रमा सामान्य लाभ हुने देखिन्छ ।

वृष : वृष राशि भएकाहरूका लागि आज चन्द्रमाको प्रथम गोचरको शुभ फल प्राप्त हुने भएकाले आत्मबल, आत्मविश्वासका साथै  पराक्रम बढ्ने भएकाले रोकिएका कामहरु बन्ने र नयाँ कार्य गर्ने अवसर मिल्नेछ । प्रतिस्पर्धात्मक कार्यमा आफ्नो जित हुनेछ । पढाईको क्षेत्र राम्रो छ भने शेयर बजारबाट पनि लाभ लिन सकिने समय छ।

मिथुन : मिथुन राशि भएकाहरूका लागि आज समय प्रतिकूल रहने देखिन्छ । चन्द्र ग्रह तपाईंको राशिबाट द्वादश स्थानमा गोचर गर्ने भएकाले स्वास्थ्य कमजोर रहन सक्ने र शत्रुहरु आफुभन्दा बलवान् हुने देखिन्छ । खर्चको मात्रा बढ्ने र काममा ढिलासुस्ती हुनुका साथै अनावश्यक विवाद हुन सक्ने भएकाले सचेत रहनु होला ।

कर्कट : कर्कट राशिका लागि आज समय शुभ रहेको छ। चन्द्र ग्रह गोचरमा लाभस्थानमा रहने भएकाले आयआर्जन बढ्नुका साथै रोकिएको धन प्राप्त हुने देखिन्छ । नयाँ लगानीको वातावरण बन्ने अनुकुल समय रहेको छ ।

सिंह : सिंह राशी हुनेहरुका लागि आज दिन राम्रो रहेको छ । चन्द्र ग्रहको गोचर कर्मस्थानमा भएकाले कामबाट सन्तुष्टि र मानसिक तनाव कम हुनेछ । रोकिएका कार्यहरु सफल हुनुका साथै नयाँ कार्यको थालनीको लागि समय शुभ रहेको छ । आर्थिक क्षेत्र सबल रहने योग रहेको छ ।

कन्या : कन्या राशि भएकाहरूका लागि आज दिन मध्यम रहेको छ । चन्द्र ग्रह गोचरमा नवम स्थानमा रहेकाले आज सामाजिक तथा धार्मिक कार्यमा ध्यान दिँदा कार्य सफल हुने देखिन्छ । आर्थिक तथा व्यवसायिक क्षेत्र सामान्य रुपमा अगाडि बढ्ने देखिन्छ ।

तुला : तुला राशि भएकाहरूका लागि आज समय प्रतिकुल रहने देखिन्छ । मन चन्चल तथा अशान्त रहन सक्छ । खर्चको मात्रा बढ्नुका साथै स्वास्थ्य पनि कमजोर रहन सक्छ । परिवार वा आफन्तसँग विवाद हुन सक्छ । चोटपटक लाग्न सक्ने भएकाले सतर्क रहनु होला ।

वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज समय शुभ रहेको छ । चन्द्र ग्रह सप्तम गोचरमा रहेकाले पति वा पत्नीबीच रहेको असमझदारी हटेर सम्बन्ध सुधार हुने देखिन्छ । साझेदारी कामबाट लाभ लिन सकिनेछ । व्यवसाय बढ्नुका साथै आम्दानी पनि बढ्न सक्छ।

धनु : धनु राशिका लागि आज दिन राम्रो रहने देखिन्छ । सानो प्रयासले महत्वपूर्ण काममा सफलता मिल्नेछ । जोश, जागर बढ्नुका साथै समयले राम्रो साथ दिने देखिन्छ ।आर्थिक लाभ हासिल हुन सक्ने योग रहेको छ । व्यवसाय पनि राम्रो हुन सक्छ ।

मकर : मकर राशि भएकाहरूका लागि आज स्वास्थ्य राम्रो रहने देखिन्छ । रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ । आकर्षक शक्ति वृद्धि हुनुका साथै सहयोग गर्नेहरूको उदय हुने योग रहेको छ । दाम्पत्य जीवन सुखमय हुने देखिन्छ भने विद्या र बुद्धिको विकास हुनेछ, साथै  पारिवारिक सहयोग प्राप्त हुने देखिन्छ ।

कुम्भ : कुम्भ राशि भएकाहरुका लागि आज समय प्रतिकूल रहने देखिन्छ । अनावश्यक विवादमा समय व्यतित हुन सक्छ । मानसिक तनाब बढ्नुका साथै खर्च पनि केहि मात्रामा बढ्ने देखिन्छ । आज व्यर्थको यात्रा वा भागदौड हुन सक्छ । आर्थिक कारोबार आज कम गर्दा राम्रो होला ।

मीन : मीन राशि भएकाहरूका लागि आज दिन उत्तम रहने छ । प्रशासनिक कामहरु आज बन्ने देखिन्छ । दाजुभाई तथा सहकर्मीको सहयोग पनि मिल्ने देखिन्छ ।  पारिवारिक क्षेत्र आज राम्रो रहने छ ।

राशिफलमा जे जस्तो लेखिए पनि तपाईको आजको दिन शुभ रहोस् ।