काठमाडौं । आज मिति २०८१ साल जेठ २६ गते शनिबार   तदनुसार २०२४ जुन ८ तारीख जेष्ठ शुक्लपक्ष द्वितीय तिथि । आज सूर्योदय बिहान ५ बजेर १० मिनेटमा भयो भने सूर्यास्त बेलुका ६ बजेर ५७ मिनेटमा हुनेछ ।

अब लागौं आजको राशिफल तर्फ :

मेष : मेष राशि भएकाहरूका लागि आज समय शुभ रहेको छ । पराक्रम र प्रसिद्धि बढ्ने योग रहेको छ । बन्धुबान्धव, साथीभाइ र मित्रवर्गबाट उत्कृष्ट सहयोगको आशा गर्न सकिन्छ ।  सामाजिक कार्यमा सहभागी बन्ने योग रहेको छ । दीर्घकालिक फाइदाका लागि गरिएको प्रयासमा सफलता मिल्ने देखिन्छ ।

वृष : वृष राशि भएकाहरूका लागि आज समय शुभ रहेको छ । व्यापार व्यवसाय राम्रो हुने देखिन्छ । नयाँ ठाउँमा लगानीको वातावरण बन्ने र कारोबारमा सुधार आउने योग रहेकोे छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिने देखिन्छ । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछ ।

मिथुन : मिथुन राशि भएकाहरूका लागि आज समय शुभ रहने देखिन्छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछ । आफन्त र मित्रहरूसँग भेटघाट र रमाइलो गर्ने अवसर मिल्ने छ । घरपरिवारमा राम्रो सम्बन्ध रहने छ । व्यापार व्यवसायी र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका मिल्नाले आत्म–विश्वास बढ्नेछ ।

कर्कट : कर्कट राशि हुनेहरुका लागि आज समय खराब रहनेछ । तपाईंको राशिमा चन्द्रमाले साँझपखबाट प्रवेश गर्ने भएकाले  उत्साह र उमङ्ग बढ्नेछ । आज दिउसोको समयमा भने  धनको कारोबारमा सतर्क रहनु बेस हुनेछ । नचाहेको क्षेत्रमा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । व्यापार व्यवसायबाट फाइदा नमिल्ने देखिन्छ । परिवारका कुनै सदस्यको अस्वस्थताका कारण चिन्ता बढ्ने देखिन्छ ।

सिंह : सिंह राशि भएकाहरूका लागि आज समय शुभ रहेको छ । पराक्रम र प्रसिद्धिमा वृद्धि हुने समय छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन गर्ने अवसर मिल्नुका साथै धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्ने अवसर प्राप्त हुने देखिन्छ । नोकरी गर्नेले मानसम्मान पाउने देखिन्छ । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ ।

कन्या : कन्या राशि भएकाहरूका लागि आज समय शुभ रहनेछ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग रहेको छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । मातापिता र अभिभावकवर्गको स्वास्थ्यमा सुधार आउनेछ । कर्मचारीले हाकिमबाट महत्वपूर्ण कुरा फुत्काउन सक्ने देखिन्छ ।

तुला : तुला राशि भएकाहरूका लागि आज समय उत्तम रहेको छ । दान, पुण्यका कार्यमा आकर्षण बढ्ने छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । ज्ञानगुन र बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । व्यापार फस्टाउने छ साथै आम्दानीमा राम्रै हुने देखिन्छ । सानो प्रयासले रोकिएको काम बन्नेछ ।

वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज समय खराब रहने छ । कडा परिश्रम व्यर्थै खेर जान सक्छ । सामाजिक र परोपकारी मार्गमा अवरोध हुनेछ । बन्दव्यापार र रोजगारीको क्षेत्रमा लगनशील र सक्रिय भएमा मात्र सफलता पाउनु हुनेछ ।

धनु : धनु राशि भएहरुका लागि आज समय राम्रो रहेको छ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ । दाम्पत्यसम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने बेला छ । परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ । स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ । काम गर्न जाँगर चल्नुका साथै आम्दानी बढ्ने देखिन्छ ।

मकर : मकर राशि भएकाहरूका लागि आज समय शुभ रहेको छ । शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नेछ । मानसम्मान र प्रतिष्ठा प्राप्ति हुनसक्छ । यात्रा लाभप्रद बन्न सक्छ ।

कुम्भ : कुम्भ राशि हुनेहरुका लागि आज समय राम्रो रहने छ । ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा वृद्धि हुनेछ । गुरुजन, अभिभावक र साथीभाइले उपयोगी र आवश्यक सहयोग प्रदान गर्नेदेखिन्छ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन ।

मीन : मीन राशि भएकाहरूका लागि आज समय खराब रहने देखिन्छ । घरपरिवारभित्रका विविध समस्यामा रुमल्लिनु पर्ने छ । आन्तरिक सम्पत्तिको लेखाजोखा र बाँडफाडका विषयमा केन्द्रित हुने दिन रहेको छ ।

राशिफलमा जे जस्तो लेखिए पनि तपाईको आजको दिन शुभ रहोस् ।