काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकले पार्टीको भावी कार्यक्रमबारे स्थायी समितिमा समेत छलफल गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्पन्न पदाधिकारी बैठकले स्थायी समिति बैठकमा पनि पार्टीको बदलिंदो भूमिकाबारे छलफल गर्ने निर्णय गरेको हो । प्रवक्ता अग्नि सापकोटाका अनुसार आगामी साउन २५ गते स्थायी समितिको बैठक बस्ने निर्णय गरेको हो ।

सरकारबाट बाहिरिएपछि माओवादी केन्द्रले गत शुक्रबारदेखि पार्टीको सचिवालय बैठक बोलाइएको थियो । २२ जना सदस्य रहेको पदाधिकारी बैठक पाँच दिनसम्म चलेको थियो ।