काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक विदा हुने भएको छ ।

गृह मन्त्रालयले एक सूचना जारी गर्दै आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा परेकाले आइतबार उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

‘भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकामा सार्वनिक विदा दिने निर्णय भएको सन्दर्भमा उक्त जात्राको अवसरमा मिति २०८१ साल श्रावण २० गते आइतवार काठमाडौं उपत्यकाका तीन जिल्लाहरूमा सार्वजनिक विदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।,’

विज्ञप्तिमा भनिएको छ :