Global Galaxy News
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • कला-साहित्य
  • खेलकुद
  • फोटो-फिचर
  • मनोरञ्जन
  • राजनीति
  • सुचना-प्रविधि

इजरायलको सुरक्षाका लागि भन्दै अमेरिकाले मध्यपूर्वमा युद्धपोत र लडाकु विमान थप्दै

ग्लोबल ग्यालेक्सी न्युज १९ साउन, २०८१

इजरायलको सुरक्षाका लागि भन्दै अमेरिकाले मध्यपूर्वमा युद्धपोत र लडाकु विमान थप्दै
share 493

वासिङ्टन । अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनले इरान र उसका सहयोगीहरूबाट इजरायललाई जोगाउन अमेरिकाले मध्यपूर्वमा थप युद्धपोत र लडाकु विमान तैनाथ गर्ने बताएको छ ।

इरानमा हमासका शीर्ष नेता इस्माइल हानिया र हिजबुल्लाह कमान्डरको हत्यापछि पश्चिम एसिया पनि भनेर चिनिने मध्यपूर्वमा तनाव बढेको हो ।

पेन्टागनले क्षेप्यास्त्र सुरक्षा बललाई तयार राखिएको जनाउँदै इजरायलको रक्षाप्रति आफ्नो प्रतिबद्धता बलियो रहेको जनाएको छ । आफ्नो देशमा हमास नेता हानियाको हत्यापछि इरानका सर्वोच्च नेता अयातुल्लाह खामेनीले इजरायललाई पाठ सिकाउने वाचा गर्दै तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ ।

हानिया बुधबार तेहरानमा मारिएका हुन् । सो हत्यामा इरान र गाजास्थित उसका सहयोगीले इजरायललाई जिम्मेवार ठहर्‍याएका छन् । इजरायलले भने यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । ६२ वर्षीय इस्माइल हानियालाई हमासका शीर्ष नेता मानिन्थे । गाजामा युद्धविरामसम्बन्धी वार्तामा उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

हानिया मारिएको खबर इजरायलले लेबनानमा हिजबुल्लाह कमान्डर मारेको दाबी गरेको केही घण्टापछि आएको थियो । पेन्टागनले विज्ञप्ति जारी गर्दै यो नयाँ तैनाथीले अमेरिकी सेनाको सुरक्षा बढाउने, इजरायलको रक्षामा सहयोग बढाउने र अमेरिका बदला लिन तयार रहेको सुनिश्चित गर्ने बताएको छ ।

अप्रिलमा इरानले इजरायलमा ड्रोन आक्रमण गरेपछि अमेरिकाले पनि तैनाथी बढाएको थियो । इजरायल र उसका सहयोगीहरूले करिब तीन सय ड्रोन खसालेका थिए ।

– बीबीसी

सम्बन्धित खबर

तेस्रो पटक प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदी आफ्नो निर्वाचन क्षेत्र बनारसमा

तेस्रो पटक प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदी आफ्नो निर्वाचन क्षेत्र बनारसमा

किमले रुसमा पठाए १२ हजार उत्तर कोरियाली सैनिक, युक्रेनबाट कुर्स्क मुक्त गर्न सघाउने

किमले रुसमा पठाए १२ हजार उत्तर कोरियाली सैनिक, युक्रेनबाट कुर्स्क मुक्त गर्न सघाउने

अमेरिकाको लस एन्जलसमा जारी आगलागीमा परि मर्नेको संख्या ११ पुग्यो

अमेरिकाको लस एन्जलसमा जारी आगलागीमा परि मर्नेको संख्या ११ पुग्यो

युक्रेन-रुस युद्धले नयाँ मोड लिदै, रुससँगको लडाइँमा रोबोट कुकुरलाई अग्रपङ्क्तिमा परिचालन गर्ने युक्रेनको घोषणा

युक्रेन-रुस युद्धले नयाँ मोड लिदै, रुससँगको लडाइँमा रोबोट कुकुरलाई अग्रपङ्क्तिमा परिचालन गर्ने युक्रेनको घोषणा

ताजा समाचार

  • आजदेखि देशभर निर्वाचन अधिकृतको कार्यालय सञ्चालन
    आजदेखि देशभर निर्वाचन अधिकृतको कार्यालय सञ्चालन
  • नेपालले कतारलाई उपहारस्वरूप भोलि दुई हात्ती पठाउँदै
    नेपालले कतारलाई उपहारस्वरूप भोलि दुई हात्ती पठाउँदै
  • विप्लव नेतृत्वको नेकपा समाजवादी मोर्चाबाट अलग
    विप्लव नेतृत्वको नेकपा समाजवादी मोर्चाबाट अलग
  • जेनजी आन्दोलन क्रान्ति होइन, अराजकता र भाडभैलो मात्रै हो : गायिका ज्योति मगर
    जेनजी आन्दोलन क्रान्ति होइन, अराजकता र भाडभैलो मात्रै हो : गायिका ज्योति मगर
  • मधेसवादी दलसँग सहकार्य गरेर चुनावी जाने प्रचण्डको रणनीति
    मधेसवादी दलसँग सहकार्य गरेर चुनावी जाने प्रचण्डको रणनीति
Global Galaxy News

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि. द्वारा सञ्चालित www.globalgalaxynews.com सत्यतथ्य, जनपक्षीय सूचना सम्प्रेषण गर्ने आधुनिक युगको संचार हो ।

 

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
Global Galaxy Media Pvt. Ltd.

कम्पनी दर्ता नं : ३३७९८१/८०/०८१

ठेगाना

बुढानिलकण्ठ-१२, काठमाडौं ।
सम्पर्क : 9849119409/9851235977
इमेल : globalgalaxymedia24@gmail.com

संचालक : ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
अध्यक्ष : सुन्दर तामाङ
प्रबन्धक : राज शाही

विज्ञापनका लागि
9849119409/ 9851235977

  • Follow
  • Follow
  • Follow
  • Follow
  • Follow

© 2024 Global Galaxy Media Pvt. Ltd. All rights reserved.

Global Galaxy News

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि. द्वारा सञ्चालित www.globalgalaxynews.com सत्यतथ्य, जनपक्षीय सूचना सम्प्रेषण गर्ने आधुनिक युगको संचार हो ।

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
Global Galaxy Media Pvt. Ltd.

कम्पनी दर्ता नं : ३३७९८१/८०/०८१

ठेगाना
बुढानिलकण्ठ-१२, काठमाडौं ।
सम्पर्क : 9849119409/9851235977
इमेल : globalgalaxymedia24@gmail.com

संचालक : ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
अध्यक्ष : सुन्दर तामाङ
प्रबन्धक : राज शाही

विज्ञापनका लागि
9849119409/ 9851235977

  • Follow
  • Follow
  • Follow
  • Follow
  • Follow

© 2024 Global Galaxy Media Pvt. Ltd. All rights reserved.Hermes Engineering Solution Pvt. Ltd.