share 347
आईआरजीसीले क्षेप्यास्त्रमा सात किलोग्राम वारहेड रहेको र तेहरानको गेस्टहाउसमा रहेको उनको कोठा बाहिरबाट प्रहार गरिएको बताएको छ । आईआरजीसीले यो हत्याका पछाडि इजरायल र अमेरिकाको हात रहेको र उपयुक्त समय आएपछि कडा जवाफ दिने चेतावनी पनि दिएको छ ।
गत बुधबार इरानको राजधानी तेहरानमा हमासका शीर्ष राजनीतिक नेता इस्माइल हानियाको हत्या भएको थियो । सो समयमा हानिया इरानका नवनिर्वाचित राष्ट्रपति मसुद पेजेस्कियानको शपथ ग्रहण समारोहमा सहभागी हुन त्यहाँ पुगेका थिए।

