काठमाडौं । रौतहटबाट प्रहरीले पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । जिल्लाको गढीमाई नगरपालिका-१ स्थित समनपुरबाट पक्राउबाट ५१ वर्षीय बिरेन्द्र राउतलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको टोलीले उनको घरमा झारले छोपेर राखेको कटुवा पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटकी डीएसपी एलिजा गिरीले बताइन् ।

पक्राउ गरिएका राउतमाथी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।