काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानडा पठाउँछु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । गुल्मी स्थित सत्यवती गाउँपालिका-६ का ३५ वर्षीय सुमन ज्ञवालीलाई पक्राउ गरेको हो ।
आरोपीले ६ जना पीडितहरूबाट २७ लाख ठगी गरेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए । रकम लिएपछि उनी सम्पर्कविहीन भएका थिए ।
उनलाई थप अनुसन्धान र कारबाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभागमा पठाएको छ । ज्ञवाली काठमाडौं महानगरपालिका-२६ स्थित नयाँ बसपार्कमा बस्दै आएको थियो ।