काठमाडौं । धरहरालाई असोज ३ गतेदेखि सञ्चालनमा ल्याउने सरकारले निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरालाई आगामी असोज ३ गतेदेखि अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको जनाएको छ ।

संविधान दिवसको अवसर पारेर धरहरा अस्थायी रूपमा सञ्चालनमा ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । २०७२ को भूकम्पले भत्किएपछि धरहराको पुनर्निर्माण गरिएको हो ।