प्राकृतिक विपत्तिमा परेका नागरिकको लागि राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि माओवादी केन्द्रले सुरु गरेको स्वयम्सेवक परिचालन अभियानको बल्खुको सुकुम्बासी बस्तीमा उद्घाटन गर्दै उनले यस्तो आग्रह गरेको हो ।
मौसमको पूर्वानुमान हुँदाहुँदै सरकार विपत् व्यवस्थापनको तयारी र प्रतिकार्यको काम गर्न नसक्दा क्षतिको मात्रा बढेको उनले बताए । प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले यो संकटको बेलामा सत्ता पक्ष-विपक्ष नभनी आमजनतासँग हातेमालो गरेर राहत र पुनर्स्थापनामा जुट्न आग्रह गरे ।
२०७२ सालको भूकम्पका बेला पनि आफूले प्रतिपक्षी दलको नेताकै रुपमा संविधान निर्माण र पुनर्निर्माणको नेतृत्व गरेको उनले उल्लेख गरे । उनले यसपटक पनि जनताको पीडा र दु:खमा साथ दिन पूर्णरुपमा लाग्ने प्रतिबद्धता जनाएका छन् । बल्खुको जागरण टोलमा ४ सय १७ घरका झण्डै चार बढी नागरिक प्रभावित छन् ।