इजरायली सेनाले इजरायलीहरूलाई सतर्क रहन र होम फ्रन्ट कमान्डको निर्देशन पालना गर्न आग्रह गरेको छ । साइरन सुन्ने बित्तिकै सुरक्षित स्थानमा सर्न र अर्को सूचना नआएसम्म त्यहीँ बस्न नागरिकलाई भनिएको छ ।

बीबीसीका अनुसार यसअघि तेल अभिभमा गोली चलेको आवाज सुनिएको थियो । प्रहरी प्रवक्ताका अनुसार यस घटनामा धेरै मानिस घाइते भएका छन् । यसअघि अमेरिकाले इरानबाट आक्रमण हुन सक्ने बताएको थियो ।

यसैबीच, इजरायलले लेबनानमा हिजबुल्लाह विरुद्ध जमिन आक्रमण गरिरहेको छ ।