काठमाडौं । असोज १६ गते बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ ।

युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ०२ पैसा पुगेको छ । युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७८ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ०३  पैसा कायम गरिएको छ ।

त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८३ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८८ पैसा कायम भएको छ ।