तेहरान । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरले इरानको सरकारी टेलिभिजनमा विज्ञप्ति जारी गर्दै इजरायलमा आक्रमण भएको पुष्टि गरेको छ । इजरायलतर्फ दर्जनौँ मिसाइल प्रहार गरिएको बताइएको छ ।
इजरायलले जवाफी कारबाही गरेमा थप मिसाइल प्रहार गर्ने चेतावनी समेत दिइएको छ । निकै शक्तिशाली मानिने इरानी रिभोल्युसनरी गार्ड्सले हमास नेता इस्माइल हानिया, हिजबुल्लाह नेता हसन नसरल्लाह हत्याका साथै लेबनान र प्यालेस्टाइनका जनता मारिएको जवाफमा यो आक्रमण गरिएको बताएको छ।
रिभोल्युसनरी गार्ड्सले विज्ञप्ति मार्फत इजरायलका महत्त्वपूर्ण लक्ष्यलाई निशाना बनाइएको र यस विषयमा पछि जानकारी दिइने उल्लेख गरिएको छ ।