गाजा । इजरायली सेनाली सेनाले गाजाको एक विद्यालयमा आक्रमण गर्दा कम्तीमा १५ जनाको मृत्यु भएको गाजाका अधिकारीहरूले बताएका छन् । उक्त विद्यालयलाई विस्थापित प्यालेस्टिनीहरूका लागि आश्रयस्थलको रूपमा प्रयोग भइरहेको थियो ।
गाजामा हमासद्वारा सञ्चालित सिभिल डिफेन्स एजेन्सीले आइतबार नुसैरत शिविरमा भारी गोलाबारी भएको जनाएको छ । सिभिल डिफेन्सका प्रवक्ताले आक्रमण अल-मुफ्ती स्कुलमा गरिएको थियो, जहाँ गाजा वरपरका सयौँ विस्थापित मानिसहरूले आश्रय लिएको बताए ।
यस हमलामा कम्तीमा ५० जना घाइते भएका छन् । हालै, गाजाको उत्तरमा धेरै द्वन्द्व भइरहेको छ । त्यहाँ इजरायली सेनाले फिल्ड अपरेसनको भागको रूपमा ठूलो मात्रामा आक्रमण गरिरहेको छ ।