share 711 प्योङयाङ । उत्तर कोरियाले दक्षिणसँग जोड्ने सडक तथा रेलमार्ग विस्फोट गरी भत्काएको छ। उसले आफ्नो संविधानमै दक्षिण कोरियालाई शत्रु देश समेत घोषित गरेको छ। उत्तर कोरियाली सेनाले सीमामा रहेको सडक र रेलमार्गको करिब ६० मिटर खण्ड विस्फोट गरी भत्काएको हो। दक्षिणसँग पूर्णरुपमा सम्बन्धविच्छेद गर्न सो कदम चालिएको उत्तर कोरियाली सरकारी समाचार संस्थाले जनाएको छ। ‘प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको संविधान अनुकूल रहन यस्तो गरिएको हो। जसले स्पष्ट रुपमा दक्षिण कोरियालाई शत्रु राज्य मान्छ। शत्रुतापूर्ण शक्तिहरूको गम्भीर राजनीतिक र सैन्य उक्साहटका कारण अप्रत्यासित युद्धको सँघारमा पुगेका कारण यस्तो गरिएको हो,’ कोरियन सेन्ट्रल न्युज एजेन्सीले भनेको छ। सो एजेन्सीले उत्तर कोरियाली रक्षा मन्त्रालयका प्रवक्तालाई उधृत गर्दै सीमालाई अब स्थायी रुपमा किल्लाबन्दी गरिने पनि जनाएको छ। गतसाता मात्र उत्तर कोरियाको संसदले संविधान संशोधन गरेको थियो। दक्षिण कोरियामा अघिल्ला राष्ट्रपति मुन जे इनको पालामा दुई मुलुकबीच सम्बन्ध सुधार भए पनि पछिल्लो समय उनीहरूबीच तनाव उत्कर्षमा पुगेको छ। एजेन्सी पोस्टको नेभिगेसन इजरायली सेना गाजामा मारिएका हमासका प्रमुख याह्या सिनवार को हुन् ? किमले रुसमा पठाए १२ हजार उत्तर कोरियाली सैनिक, युक्रेनबाट कुर्स्क मुक्त गर्न सघाउने
उत्तर कोरियाली सेनाले सीमामा रहेको सडक र रेलमार्गको करिब ६० मिटर खण्ड विस्फोट गरी भत्काएको हो। दक्षिणसँग पूर्णरुपमा सम्बन्धविच्छेद गर्न सो कदम चालिएको उत्तर कोरियाली सरकारी समाचार संस्थाले जनाएको छ। ‘प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको संविधान अनुकूल रहन यस्तो गरिएको हो। जसले स्पष्ट रुपमा दक्षिण कोरियालाई शत्रु राज्य मान्छ। शत्रुतापूर्ण शक्तिहरूको गम्भीर राजनीतिक र सैन्य उक्साहटका कारण अप्रत्यासित युद्धको सँघारमा पुगेका कारण यस्तो गरिएको हो,’ कोरियन सेन्ट्रल न्युज एजेन्सीले भनेको छ। सो एजेन्सीले उत्तर कोरियाली रक्षा मन्त्रालयका प्रवक्तालाई उधृत गर्दै सीमालाई अब स्थायी रुपमा किल्लाबन्दी गरिने पनि जनाएको छ। गतसाता मात्र उत्तर कोरियाको संसदले संविधान संशोधन गरेको थियो। दक्षिण कोरियामा अघिल्ला राष्ट्रपति मुन जे इनको पालामा दुई मुलुकबीच सम्बन्ध सुधार भए पनि पछिल्लो समय उनीहरूबीच तनाव उत्कर्षमा पुगेको छ। एजेन्सी