एजेन्सी । रुसले पहिलोपटक युक्रेनले गरेको अमेरिकी क्षेप्यास्त्र आक्रमणबाट आफ्नो प्रमुख वायु रक्षा प्रणाली ध्वस्त भएको स्वीकार गरेको छ । सो आक्रमणबाट कुर्स्क क्षेत्रमा रहेको सैन्य आधारमा पनि क्षति पुगेको छ ।

अमेरिकाको प्याट्रियट डिफेन्स सिस्टम जस्तै क्षमता भएको एस-४०० वायु रक्षा प्रणालीलाई लक्ष्य गरिएको छ।हालै अमेरिकाले युक्रेनलाई एटीएसीएमएस मिसाइल दिएको छ र त्यसलाई रुसभित्र प्रयोग गर्न अनुमति दिएको छ । युक्रेनले कुर्स्क क्षेत्रमा केही लक्ष्यलाई निशाना बनाएको बताएको थियो ।

रुसको रक्षा मन्त्रालयबाट विज्ञप्ति जारी गरी प्रतिकारात्मक कारबाही गर्ने चेतावनी दिएको छ । यसैबीच युक्रेनी वायुसेनाले सोमबार राति रुसले १८८ ड्रोनबाट आक्रमण गर्दा केही आधारभूत संरचनामा क्षति पुगेको बताएको छ ।