मस्को । विद्रोहीले राजधानी दमास्कस कब्जा गरेपछि देश छाडेका सिरियाका राष्ट्रपति बसर अल असद रुसमा रहेको रुसी सञ्चारमाध्यमले दाबी गरेका छन् ।

क्रेमलिन स्रोतलाई उद्धृत गर्दै रुसी मिडिया एजेन्सीहरूले सिरियाका अपदस्थ राष्ट्रपति असद र उनको परिवार रुसको राजधानी मस्को पुगेको दाबी गरेका हुन् । रिपोर्टअनुसार रुसले बसर अल असद र उनको परिवारलाई शरण दिएको छ ।

आइतबार विद्रोहीले सिरियाको राजधानी दमास्कस कब्जा गर्दै सिरिया स्वतन्त्र भएको घोषणा गरेको थियो ।