share 493 काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभरको मौसम मुख्यतया सफा रहेको छ । अहिले तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो र राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा शनिबार बिहानको तुलनामा आज चिसो केही घटेको छ । हिजो बिहानको न्युनतम तामक्रम २ डिग्री सेल्सियस मापन गरिएकोमा अहिले बिहान ४.५ डिग्री पुगेको छ । त्यस्तै, आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । आज सूर्योदय ६ बजेर ४७ मिनेट र सूर्यास्त साँझ ५ बजेर ११ मिनेटमा हुनेछ । पोस्टको नेभिगेसन तराईमा हुस्सु र कुहिरो, अन्य ठाउँमा मौसम कस्तो रहला ? कस्तो रहला आजको मौसम ?